प्रहरीमा क–कसले पाए मानपदवी, विभूषण पदकहरू ?
पृतांक राष्ट्रिय दैनिक
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रशिद्ध प्रबल जनसेवाश्री पदक पाएका छन् ।संविधान दिवसका दिन सरकारले आईजीप थापाालाई सो पदक प्रदान गरेको हो ।
सरकारले सुप्रबल जनसेवाश्रीबाट प्रहरी नायब महानिरीक्षकहरू (डीआईजी) घनश्याम अर्याल, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, प्रकाशजंग कार्की, मीनराज पाठक, रामकृष्ण राजभण्डारीलाई प्रदान गरेको छ ।
सुप्रबल जनसेवाश्री पदक पाउने एसएसपीहरूमा श्यामलाल ज्ञवाली, नरोत्तमलाल प्रधान, जनक भट्टराई, सुदीप गिरी, राजेशनाथ बास्तोला, बसन्तबहादुर कुँवर, उमेशराज जोशी, केदार ढकाल, मोहनकुमार आचार्य, पूजा सिंह, नरबहादुर केसी, दामोदर पौडेल, गणेशकुमार ठाकुर, रुपक महर्जन रहेका छन् ।
कीर्तिमय राष्ट्रदीपबाट प्रहरी उपरीक्षक रमेश थापा र प्रकाश रानाभाटलाई सम्मान गरिएको छ ।
प्रवल जनसेवाश्रीबाट एसपीहरू उमाप्रसाद चतुर्वेदी, बेलबहादुर पाण्डे, गोपलचन्द्र भट्टराई, शिवकुमार श्रेष्ठ, रविन्द्र रेग्मी, प्रकाश मल्ल, अच्युतबिक्रम हमाल, विपिनकुमार श्रेष्ठ सम्मानित भएका छन् ।
मान पदवी र विभुषण पाउने एसएसपी ज्ञवाली र डीएसपी आचार्य दाङ जिल्ला निवासी हुन् ।
प्रहरी सहायक निरीक्षक तपेन्द्रबहादुर विष्ट, रोशनप्रसाद राजवंशी, प्रमिला श्रेष्ठ, प्रहरी हवल्दार लेखबहादुर गुरुङ, सुमित्रा शाही, माधवबहादुर बस्नेत तथा प्रहरी जवान अमरराज मिश्र पनि सुप्रबल जनसेवाश्रीबाट सम्मानित भएका छन् ।
नेपाल प्रताप सुभूषणबाट प्रहरी उपरीक्षकहरू डिल्लीराज पन्त, भीम दाहाल, कृष्ण पंगेनी, हिमालय श्रेष्ठ तथा प्रहरी नायब उपरीक्षक शोभाकान्त खनाल, सुवास खड्का, रोशन खड्का, निरञ्जनदत्त भट्ट, डिल्लीनारायण पाण्डे, मुकुन्दप्रसाद रिजाल सम्मानित भएका छन् ।
नेपाल प्रताप भूषण पाउनमा प्रहरी उपरीक्षक नरेशबहादुर मल्ल, प्रहरी नायब उपरीक्षक पंचकुमार बाखु, निरीक्षक अनिलकुमार अधिकारी, प्रहरी नायब निरीक्षक विष्णुमणि त्रिपाठी, भगवती अर्याल, रेवतकुमार पाखरेल, रविन शाह, रोशन अधिकारी, हिमालय भण्डारी, नरेश शाही, रमेश बजगाइँ, लक्ष्मणबहादुर ऐर, विशालविक्रम शाह, विशालप्रकाश पौडेल, हर्षबहादुर चन्द रहेका छन् ।
नेपाल प्रताप भूषणबाट प्रहरी सहायक निरीक्षक प्रेमबहादुर राना, श्यामसिंह चौधरी, विकास क्षेत्री, अजित ठाकुर, तिलक पुरी, सुजन पाण्डे, टंक कार्की पनि सम्मानित भएका छन् ।
महापौरख भाष्करबाट प्रहरी हवल्दार विजयकुमार दास, केदारनाथ यादव, विष्णुबहादुर श्रेष्ठ, मानसिंह ठगुन्ना, राजेश गुरुङ, बाबुकृष्ण बखते, गम्भीरबहादुर चन्द, प्रहरी जवान सुनिता बिक, परीक्षित कार्की, मनोज दंगाल, बालकृष्ण मघैया, शान्ति चौधरी, विपिसा गुरुङ, महेन्द्रसिंह भण्डारी सम्मानित भएका छन् ।
राष्ट्र सेवक पदक प्रथम श्रेणीबाट प्रहरी कार्यालय सहयोगी सूर्यकुमारी अधिकारी सम्मानित भएकी छिन् ।
वीरता पदकबाट प्रहरी नायब उपरीक्षकद्वय स्व.समरिचन्द्र खरेल, स्व.राजकुमार केसी सम्मानित भएका छन् ।
रिप्बलिक


प्रतिक्रिया