त्यसैगरी सर्लाहीका सन्तोषसिंह राठौरको विषयमा पनि प्रहरी प्रधानकार्यालयमा उजुरी परेको छ । पर्साका बेलबहादुर पाण्डेले त सिसुकालाई रकम नै तोकर पैसा उठाएको उजुरी परेको थियो । सिराहका हिराबहादुर पाण्डेका घुमुवाले छाडेको तस्करीको गाडीलाई लाहान प्रहरीले पक्राउ परेपछि उनको बारेमा पनि उजुरी परेको थियो ।
टोलीले आइतवारदेखि नै काम शुरु गरेको छ । एउटा टोलीले बारा र पर्सा, सिरहा तथा अर्को टोलीले धनुषाबाट सुक्ष्म अनुसन्धान थालेको छ । प्रदेश २ मा प्रहरीकै संलग्नतामा तस्करी बढेको सम्बन्धमा टोलीले अध्ययन गरेर ल्याउने प्रतिवेदनको आधारमा नयाँ रणनीति बनाउने प्रधान कार्यालयको तयारी छ । उनीहरुको बारेमा प्रहरी अनुसन्धान सकिएपछि कारवाही थाल्ने प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ । नेपाल बहस


प्रतिक्रिया