अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले विकास निर्माणका कामको ठेक्का लगाउँदा नै कागजातमा दिउँसो र राती गरी २ सिफ्टमा काम गर्नुपर्ने
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले विकास निर्माणका कामको ठेक्का लगाउँदा नै कागजातमा दिउँसो र राती गरी २ सिफ्टमा काम गर्नुपर्ने सर्त थपिने बताएका छन् । बजेट कार्यान्वयनबारे राष्ट्रिय योजना आयोगसँग अर्थ मन्त्रालयले गरेको छलफल क्रममा मन्त्री शर्माले ठेक्कामा राखिने नयाँ सर्तबारे बताएका हुन् ।दिनमा एक सिफ्ट मात्र काम गरेर पुँजीगत खर्च बढाउन सकिँदैन । पुँजीगत खर्च भएन भने आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न कठिन हुन्छ । विकास निर्माणको काम पनि तोकिएको समयमा सम्पन्न हुँदैन,’ मन्त्री शर्माले भने, ‘रात्रि सिफ्टमा बत्ती बालेर भएपनि काम गर्नुपर्यो, हामीले पनि बेला बेला नसुतेरै भएपनि अनुगमन गर्नुपर्यो ।’निर्माण कम्पनीलाई उसको कार्यक्षमताभन्दा बढी संख्यामा ठेक्का दिएर पनि आयोजनाहरू अलपत्र परेको भन्दै उनले यसको अन्त्य गर्न कानुन सच्याउने तयारी भइरहेको जानकारी दिए । आयोजना बन्नै नसक्ने गरी न्यून कबोल गरेर ठेक्का हात पार्ने, तर काम नगरेर आयोजना लथालिङ्ग पार्ने परिपाटीको समेत अन्त्य गरिने पनि मन्त्री शर्माले दाबी गरे ।


प्रतिक्रिया