तराईमा पहिले भन्दा बढि जनशक्ति परिचालन भएको छ : सशस्त्र प्रहरी महानिरीक्षक खनाल
सर्लाही ,संवाददाता 
सशस्त्र प्रहरि महानिरीक्षक शैलेन्द्र खनालले तराईका जिल्लामा
पहिला भन्दा धेरै जनशक्ति परिचालन गरिएको बताउनुभएको छ । सशस्त्र प्रहरि
बल, नेपाल नम्बर १० गण सर्लाहीको नबनिर्मित भवनको सोमबार उद्घाटन
गर्नुहुंदै महानिरीक्षक खनालले सीमा सुरक्षालाई मजबुत बनाउन आगामि दिनमा
बोर्डर आउट पोस्ट (बिओपि)को संख्या पनि बढाउंदै लैजाने बताउनुभयो ।
सुरक्षा बेशहरुले न्युन जनशक्ति र सिमित श्रोत साधनका बाबजुद पनि
उत्कृष्ट कार्य गरेको भन्दै उहाँले आगामि दिनमा समेत राज्यले दिएको
जिम्मेवारीलाई त्रुटिरहित ढंगले अनुशासित र जिम्मेवारीकासाथ पुरा गर्न
निर्देशन दिनुभयो । सशस्त्र प्रहरी बल, नेपाल तराईमा परिचालन भए पश्चात्
चोरितस्करी नियन्त्रण भई राजश्वमा समेत वृद्धि भएको र तराईका जनताले
पहिले भन्दा थप सुरक्षाको अनुभुती गर्न पाएको स्मरण गर्नुहुंदै उहाँले
आगामि दिनमा समेत उत्कृष्ट कार्य गर्न मातहत कर्मचारिहरुलाइ निर्देशन
दिनुभयो । सशस्त्र प्रहरी बल, नेपालप्रति आम जनताले गरेको भरोसालाई कायम
राख्दै आगामि दिनमा रास्ट्र र संगठनप्रति इमान्दार , नैतिकवान, अनुशासित
र उच्च समर्पणकासाथ कार्यक्षेत्रमा खटिन समेत उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा सर्लाहि जिल्लाका प्रमुख जिल्ला अधिकारिसहित सुरक्षा
निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया