मलद्वारमा लुकाएर सुन तस्करी एक जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।मलद्वारमा लुकाएर ल्याइएको आधार किलो सुनसहित भारतीय नागरिक मोहमद जुबेद पक्राउ परेका हुन् । विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार शंकास्पद लागेर चेकजाँच गर्ने क्रममा उनले सुन ल्याएको खुलेको थियो ।‘पानी, चिया खुवाएर दिसा गराएर सुन निकालिएको हो’ उनले भने ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको बाँस्तोलाको भनाइ छ ।


प्रतिक्रिया