इन्टरपोलको साधारण सभामा भाग लिन आईजीपी थापा टर्की जाने
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री टर्की जाने भएका छन् ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८९ औँ साधारण सभामा भाग लिन आईजीपी थापा नेतृत्वको प्रहरी टोली मंसिर ५ मा टर्की जाने तय भएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए ।
आगामी ७ देखि ९ मंसिरसम्म टर्कीको राजधानी इस्तानबुलमा इन्टरपोलको ८९ औँ साधारण सभा हुँदै छ । विभिन्न देशका प्रहरी प्रमुख सहभागी हुने सम्मेलनमा आईजीपी थापा, अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) प्रद्युम्न कार्की, इन्टरपोल शाखाका अधिकारीलगायत प्रहरी अधिकारी टर्की जान लागेका हुन् ।
सम्मेलनमा सीमापार अपराध अनुसन्धानका सहकार्यसम्बन्धी विषयमा छलफल हुने समेत प्रवक्ता कुँवरले बताए ।


प्रतिक्रिया