पर्साको विभिन्न नाकाहरुवाट व्यापक रुपमा तस्करी शुरु
वीरगंज २१ मंगलबार
पर्सा जिल्लाका ग्रामीण भेगका विभिन्न नाकाहरुवाट व्यापक रुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ।
यहीले पर्सा जिल्लाको विभिन्न नाकाहरुवाट भारतवाट नेपाल तर्फ लत्ताकपडा , हाडयेवर , जुत्ता चप्पल , भैसी , लगाएतको सामनहरु भित्राईरहेका छन् भने नेपालवाट भारत तर्फ जुटको बोरा , कबाड , मोटर , कोल्गेट पेस्ट लगाएतको सामानहरुको तस्करी भईरहेको प्रत्येक्षदर्शीहरुले बताएका छन्।
केही दिन पहिला देखि बन्द रहेको तस्करी अहिले जिल्लाको ईनार्वा , अमरपर्टी , प्रसौनी , पकाहा , सबैठवा , भिस्वा , मिर्जापुर , भिखमपुर लगाएतको नाकावाट व्यापक रुपमा तस्करी भईरहेको छ।
सो नाकाहरुवाट दिन्हु लाखौं लाखौं रुपैयाको भन्सार छलि गरि भित्राइरहेको कारणले सरकारको राजशवमा घटा भईरहेको जनकारहरुले बताएका छन्।


प्रतिक्रिया