सूचना ! सूचना !! सूचना !!!

काठमाडौं

राष्ट्रिय युवा परिषदले विगत ४ वर्षदेखि युवाको नेतृत्व क्षमता विकास तथा परिचालनको लागि स्थानीय तहमा युवाक्लब गठन तथा नमूना युवा संसदको अभ्यास कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसै क्रममा चालु आव २०७७-७८ मा पनि प्रत्येक जिल्लाका १-१ पालिकाहरुमा यो कार्यक्रम सशर्त अनुदानको रुपमा गएको छ । नमूना युवा संसदको आधारशिलाको रुपमा रहेका वडास्तरीय युवाक्लबको गठन तथा नवीकरण सम्बन्धी यस परिषदबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पनि जानकारी गराउने गरी पत्राचार भएको छ । यस परिपत्र बमोजिम स्थानीय तहहरुले समयमा नै युवाक्लबको गठन तथा म्याद सकिएकाको हकमा पुनर्गठन गरी नमूना युवा संसदको अभ्यास गर्नु गराउनु हुन अनुरोध छ । साथै यस कार्यमा आवश्यक सहयोग परामर्श तथा सहजीकरणका लागि प्रदेश सामाजिक विकास मन्त्रालय तथा यस परिषद अन्तर्गत गठित संघीय युुवाक्लब सञ्जाललाई समेत अनुरोध छ । जय युवा ।

प्रतिक्रिया