लहानका ईन्सपेक्टर कुशवाहालाई सम्मान सहित बिदाई

  • लहान असोज ,सनिवार – १० 
  • पृतांक राष्ट्रिय दैनिक संवाददाता 

सिरहाको ईलाका प्रहरी कार्यालय लहानका प्रहरीकार्यरत प्रहरी निरीक्षक तथा ईनिसपेक्टर अतिनै मिलनसार, सहयोगी ,ईमानदार मित्र आदरणीय सर सुमित कुशुवाहा ज्यूको लहान बाट सरुवा भई इलाका प्रहरी कार्यालय खोटाङमा पोस्टिङ गरीएकोल      सम्मानित गरी उहालाई लहान बाट खोटाङको बिदाई गर्दै र उहालाई धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्द छु।

ईलाका प्रहरी कार्यालय लहानमा रहेको बेला समाजिक अपराध र अपराधिक क्रियाकलापमा न्यूनिकरण ल्याएका ईन्स्पेक्टर कुशवाहालाई नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजले सम्मान सहित विदाई गरेका हुन् ।

उनको सरुवा अन्य ठाउँमा भएपछि उनलाई शुक्रबार सम्मान एवम् विदाईको कार्यक्रम आयोजना गरी कुशवाहा विद्यार्थी कल्याण समाजले सम्मान गर्दै विदाई गरेका हुन् । लहानमा रहुन्जेल ईन्स्पेक्टर कुशवाहाले कुलतमा लागेका किशोर, युवाहरुलाई नियन्त्रण गर्न निकै सक्रिय रहेको तथा समाजिक अपराध नियन्त्रणको लागि सदैव अग्रसर रहेको भन्दै सम्मान गरिएको हो ।


कुलतमा लागेका युवाहरुलाई सुधार्ने अभियान नै चलाएर ईलाकाभित्र अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने प्रयास गरेका कुशवाहालाई समाजले सम्मान सहित विदाई गरेको हो । सो क्रममा ईन्स्पेक्टर कुशवाहाले कुशवाहा विद्यार्थी कल्याण समाजप्रति आभार प्रकट गर्दै ईलाका प्रहरी लहानसँग सदैव सम्बन्ध कायम रहने बताए ।

प्रतिक्रिया