अमेरिकामा शक्तिशाली ॲाधी

गणेश थापा, क्यालिफोर्निया, २२ मार्च २०२३ ।

संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियामा गएराती आएको शक्तिशाली अॅाधिबेरी(चक्रवात)का कारण हजारौं मानिस प्रभावित भएको वासिंटनस्थित राष्ट्रिय मौसम सेवाका सरकारी अधिकारीहरूले बताएका छन् ।

कयौं स्थानमा सडकछेउका रूख ढल्दा यातायात अबरूद्ध हुनुकासाथै केही मानिसको ज्यान समेत गएको र कतिपय घाइते भएको खबर छ ।

भारी वर्षासहित आएको सामुद्रिक अॅाधीका कारण सानफ्रान्सिस्को, अकल्याण्ड, सेक्रोमेन्टो, रिचमोण्ड, कंकोर्ड, लसएन्जल्स् लगायतका अन्य धेरै सहरका हजारौं घर तथा व्यापारीक कम्प्लेक्स्हरूमा विद्दुत आपूर्ति बन्द हुदा आर्थिक कारोबार समेत प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया