बलान बिहुलमा सामुदायीक खाद्य बैंक उद्घाटन तथा स्थानीय तहमा हस्तान्तरण ।
रासिन्द्र यादव, सप्तरी, १३ पौष ।
विश्व खाद्य कार्यक्रमको आमा तथा बालस्वास्थ्य र पोषण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा सप्तरीको बलान विहुल गाउंपालिका वडा न. १ मा निर्माण गरिएको सामुदायिक खाद्य बैंकको उद्घाटन तथा स्थानीय तहमा हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।
स्थानीय तहद्वारा खाद्य भण्डारण सुविधासहित संचालन हुने सामुदायिक खाद्य बैंकले कुपोषित र यसको जोखिममा रहेका गर्भवती, सुत्केरी, बालवालिका र विपदको समयमा लक्षित वा आवश्यक परेका परिवारहरूलाई स्थानीय किसानहरूबाट खाद्यान्न खरिद गरी निःशुल्क वा सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउनेछ, मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालय माननिय मन्त्रि महेश प्रसाद यादवले बताए ।आति बिपन्न तथा सुत्केरी महिलाहरुलाइ कार्यक्रमका सभा अध्यक्ष , प्रमुख अतिथि र बिष्ट अतिथिबाट सामुहिकरुपमा सर्मिला मलिक,मन्तोरिया देबि दास, अरहुलिया देबि दास, पबित्री देबि दास लगाइतलाइ खाधनबस्तु उपलब्ध गराएका थिए।
चरम गरिबीका कारण पोषिलो खाद्य पदार्थको पहुंचमा कठिनाई भएका घरधुरीका वासिन्दालाई सहुलियत मूल्यमा खाद्यान्न खरिद गरी निश्चित अवधिका लागि खाद्यान्न उपलब्ध गराउने अवधारणासहित सञ्चालनमा आएको यस बैंकले सामुदायिक विद्यालयहरूमा संचालन भईरहको विद्यालय दिवा खाजा कार्यक्रमको लागि आवश्यक खाद्य वस्तुहरू आपूर्ति/बिक्री गर्न समेत महत्वपूर्ण भूमिका खेल्नेछ, भने कुरा बलान बिहुल गाउंपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए ।
आजको कार्यक्रममा गाउँपालिका प्रमुख खेमचन्द्र यादवको अध्यक्षता तथा, मधेश प्रदेशको शिक्षा तथा सांस्कृति मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश सांसद माननीय अनिरुद्ध प्रसाद सिंह यादव, अतिथि जि.स.सप्तरीको प्रमुख शिवनारायण साह, गाउँपालिका उप प्रमुख रेणु यादव, विश्व खाद्य कार्यक्रम -उप प्रमुख कृष्ण योगी,आसमान नेपाल डाइरेक्टर नवल किशोर यादव , डा. राजिब कुमार झा बिभिन वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु,सुरक्षाकर्मिहरु, विभिन्न शखाका शखा प्रमुखहरु, बुधिजिबि समाजसेबि तथा महिलाहरु लगायतको उपस्थिति रहेको कुरा कार्यक्रमसंचालक तथा सुचना अधिकारी सुरेन्द्र यादवले जनाएको छ।


प्रतिक्रिया