सवारी दूर्घटना न्यूनिकरणको लागि रिफ्लेक्टिभ स्टिकर सहितको ड्रम राखिएकाे.
- पृतांक राष्ट्रिय दैनिक
- २०७७-११ आइतबार
चितवन
समुदाय- प्रहरी साझेदारी अभियान अन्तर्गत चितवन जिल्लामा बढ्दै गैरहेकाे सवारी दूर्घटना न्यूनीकरण गर्ने उदेश्यले साैराहा अनलाइनकाे प्रायाेजन एवं सहकार्यमा बिशेष गरि पूर्वी चितवन क्षेत्रमा बढी दूर्घटना हुने (Black Spot) र संभावित स्थानहरु खैरहनी नगरपालिकाकाे चैनपुर र चाैबिसकाेठी चाेक तथा राप्ती नगरपालिकाकाे भण्डारा र डडुवा चाेकमा गरि सचेतनामुलक रिफ्लेक्टिङ स्टिकर सहितकाे १० थान ड्रम राखिएकाे छ । यसले राजमार्गमा सवारीकाे गति नियन्त्रण गरि रातकाे समयमा हुनसक्ने संभावित दूर्घटनालाई न्युनीकरण गर्ने अपेक्षा गरिएकाे छ।


प्रतिक्रिया