नेपालको लज्जास्पद् हार ! न ब्याट्सम्यान चले नत बलर अघि बढ़े ।

गणेश थापा, अमेरिका
नेपालले मंगलवार खेलेको आइसीसी टी-२० विश्वकपमा नमिठो हार ब्यहोरेको छ । नेदरल्याण्ड्ससंगको यो पराजयसंगै नेपालका लागि अघिल्लो चरणमा प्रवेश पाउन निकै कठिन हुने अनुमान गरिएको छ ।

 

संयुक्त राज्य अमेरिकाको टेक्सस् राज्यको डालासस्थित ग्राण्ड प्रिएरी क्रिकेट रंगशालामा सुरू भएको आइसीसी टी-२० विश्वकपको सुरूवाती नतिजा नेपालका लागि सुखद् रहने धेरैको अनुमान थियो ।

नेपालसंगको खेलमा नेदरल्याण्ड्स ६ विकेटले विजयी भएको छ । नेपालले पेश गरेको १०७ रनको सहज ल़क्ष्य नेदरल्याण्ड्सले ८ बल अगाडी नै १०९ रन जोडेर आरामका साथ पुरा गर्दै पुरूष विश्वकप क्रिकेटमा विजयी सुरूवात गरेको हो ।

समूह ‘डि’मा रहेको नेपालले सहज मानिएको नेदरल्याण्ड्ससंगको हारसंगै अब सुपर आठमा प्रवेश पाउनका लागि निकै कठिन प्रतिस्पर्धी दक्षिण अफ्रिका, श्रीलंका, बांग्लादेश र अमेरिकाको सामना गर्नुपर्ने छ ।

नेपाल र नेदरल्याण्ड्स बीचको खेल हेर्न ठूलो संख्यामा नेपाली दर्शकहरू रंगशालामा उपस्थित भएका थिए ।

यद्यपि अमेरिकनहरूमा क्रिकेटको खासै क्रेज नभएतापनि सो खेल हेर्न क्रिकेट खेलको लागि विश्वकै प्रसिद्ध मुलुक भारत, पाकिस्तान, बांग्लादेश, श्रीलंका लगायतका खेलप्रेमी दर्शकसहित केही मात्रामा स्थानीयहरूको समेत उपस्थिति रहेको थियो।

यता नेपाली राष्ट्रीय क्रिकेट टीमले प्रयोग गरेको खेलड्रेस(जर्सी)मा
नेपालको झण्डा झुकेको भन्दै कतिपयले विरोध जनाएका छन् ।

प्रतिक्रिया