अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार

 

गणेश थापा, अमेरिका, ३० असर ।

संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।

अमेरिकाको ऐतिहासिक राज्य पेन्सिल्भेनियास्थित बटलर काउन्टीको एक चुनावी सभालाई आज अपरान्ह सम्बोधन गर्ने क्रममा बन्दुकधारीहरूले हमला गरेका थिए ।

यता ट्रम्पका एक जना प्रवक्ताले भनेका छन्-‘हि इज फाइन ।’

सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै उद्वार गरी अस्पताल पठाउनुका साथै परिस्थितिलाई नियन्त्रणमा लिएको स्थानीय संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।

उक्त घटनामा कम्तीमा दुई जना मारिएको बताइएको छ । मारिनेमा एक जना संदिग्ध बन्दुकधारी रहेको र अर्का व्यक्ति चुनावी कार्यक्रममा सहभागी ट्रम्पका कार्यकर्ता भएको कुरा मिडिया रिपोर्टहरूले जनाएका छन् ।

आक्रमणमा परी ट्रम्पको दाहिने कानमा गोली लागेको बताइएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गर्दै यस्ता खालका कुनै हिंसात्मक अपराधीहरूको अमेरिकामा स्थान नरहेको बताएका छन् ।

प्रतिक्रिया