लहानमा सर्पले डसेर एक जना स्वाथ्यकर्मीको मृत्यु

लहान अनिल बिश्वास 

सिरहाको लहानमा सर्पले डसेर एक जना स्वाथ्यकर्मीको मृत्यु भएको छ । लहान नगरपालिका वडा नं.१ सिगंराही बस्ने अन्दाजी ४० वर्षिय श्रवण कुमार चौधरीलाई आईतवार राति १ बजे घरमा सुतिरहेको बेला ओछ्यानमा सर्पले डसेर अल्पायुमै मृत्यु भएको छ । चौधरी सगरमाथा चौधरी आखाँ अस्पताल लहानमा स्वास्थकर्मीको रुपमा कार्यरत हुनुहुन्थ्यो । मृतक चौधरीको श्रीमती , एक छोरा र एक छारी रहेको छ ।

प्रतिक्रिया