सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्ड चेकजाँचमा कडाई गरिएकाे
- पृतांक राष्ट्रिय दैनिक पत्रिका ।।
असोज ,१२-सोमबार २०७७ काठमाडौं
पछिल्लाे समय लकडाउन खुले पनि काेभिड-१९ संक्रमणकाे जाेखिम कायमै भएकाले सार्वजनिक सवारीमा यात्रा गर्दा चालक, सहचालक एवं यात्रुहरुले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डलाई मध्यनजर गर्दै जिल्ला भित्र चल्ने लामाे तथा छाेटाे दूरीका यात्रुवाहक सवारी साधनहरुमा स्वास्थ्य मापदण्ड पालना भए/नभएकाे सम्बन्धमा जिल्लाका बिभिन्न स्थानहरुमा अनुगमन तथा चेकजाँच गरि मापदण्ड विपरित मास्क प्रयाेग नगर्ने, सामाजिक दूरी कायम नगर्ने, ताेकिएकाे सिट संख्या भन्दा बढी यात्रु राख्ने र ताेकिए भन्दा बढी भाडा लिने ३१ वटा सवारी साधनलाई कारबाही गरिएकाे।
अनुगमन एंव कारबाहीलाई आगामी दिनमा पनि निरन्तरता दिइने हुँदा सबै यात्रुवाहक सवारीले अनिवार्य रुपमा जिम्मेवार भएर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिदिनु हुन हार्दिक अनुराेध ।



प्रतिक्रिया