डडेल्धुराको रुपालीगाडमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना

  • पृतांक राष्ट्रिय दैनिक ।।
  • कञ्चनपुर –    १२ सोमबार ।२०७७

डडेलधुराको भागेश्वर गाउँपालिका–१ रुपालीगाडमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ। सोमबार सशस्त्र प्रहरीको अत्तरियास्थित बैद्यनाथ बाहिनीका बाहिनीपति डिआइजी हरिशंकर बुढाथोकी र भागेश्वर गाउँपालिकाकी अध्यक्ष कौशिला भट्टले संयुक्त रुपमा बिओपीको उद्घाटन गरेका हुन्।

डडेलधुरामा हालसम्म रुपालीगाडसहित नेपाल–भारत सीमा क्षेत्रमा ४ वटा बिओपी स्थापना भइसकेका छन्। डडेलधुराकै परशुराम नगरपालिका–६ को तातोपानीमा पनि सोमबारै बिओपी उद्घाटन गर्ने कार्यक्रम रहेको छ। रुपालीगाडको बिओपी स्थापना कार्यक्रममा सशस्त्र प्रहरीको डडेलधुरास्थित ५२ नं. गुल्मका प्रमुख डिएसपी सन्तोष भट्ट लगायतको उपस्थिति थियो।

प्रतिक्रिया