राष्ट्रपति पदको सपथ लिएलगत्तै ट्रम्पद्वारा मेक्सिको बोर्डर सीलको घोषणा, अवैध रूपमा अमेरिका प्रवेश बन्द ।

 

गणेश थापा, अमेरिका, २० जनवरी २०२५ ।

संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा आज क्यापिटल हल(संसद भवन) वासिगंटन डिसीमा सपथ लिए लगत्तै राष्ट्रपति डोनाल्ड जे ट्रम्पले मेक्सिसंग जोडिएको सीमाक्षेत्र सील गर्ने लगायतका केही महत्वपूर्ण कामकारवाहीको घोषणा गरेका छन् ।

उनको यो कदमबाट ल्याटिन अमेरिकी मुलुकहरू पानामा, होण्डुरस, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला र मेक्सिकोहुदै सीमा पारगरी अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूको यात्रा मेक्सिकोबाटै समाप्त हुनेभएको छ ।

राष्ट्रपतिबाट आएको बोर्डर सीलको घोषणासंगै अब सीमामा सेना परिचालन हुने र पैदल मार्गबाट दैनिक जसो अमेरिका प्रवेशको लामो चक्करमा रहेका हजारौं आप्रवासीहरूको गन्तव्यमा पूर्णविराम मात्रै लागेको छैन संसारभरका मानव तस्करहरूको करोडौं डलर कमाउने पेशा समेत बन्द भएको छ ।

अमेरिकामा रहेका करीव १ करोड १० लाख अवैध आप्रवासीहरूलाई देश निकाला गरेरै छाड्ने अठोट लिएका राष्ट्रपति ट्रम्पले आज गरेका ५ महत्वपूर्ण घोषणाहरू-

१) अमेरिकासंग सीमा जोडिएको मेक्सीकोको बोर्डरक्षेत्रमा इमर्जेन्सी(संकटकाल) घोषणा ।

२) अमेरिकामा अब तेस्रो लिंगी(महिला र पुरुष मात्रै)भन्ने शब्द अफिसियल रूपमै हटाइने ।

३) मेक्सिको खाडीको नाम अब अमेरिकी खाडी राखिने । यद्यपि यो भनाइको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सिनवमले कडा शब्दमा प्रतिबाद गरेकी छन् ।

४) ड्रक्स तस्करलाई आतंककारी घोषणा ।

५) संसारभर अमेरिका पहिलो नीति लागू गरिने ।

योसंगै ट्रम्पको यस दोस्रो शासनकालमा आप्रवासी, गर्भपतन, महंगी नियन्त्रण, राजस्व, व्यापार, सीमा सुरक्षा, मानव तस्करी तथा अपराध नियन्त्रणदेखि विश्व भू-राजनीति, क्षेत्रीय शान्ति र विकासमा अमेरिकी नीति व्यापक परिवर्तन हुने संकेत देखिएको छ ।

प्रतिक्रिया