एचआईभी खोप कार्यक्रम सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न

 

विनोद मण्डल, माघ १८ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाको सभाहलमा महिलामा हुने पाठेघरको मुखको क्यान्सरबाट बचाउन एच.पि.भि. खोप अभियान अन्तर्गतको एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

धनगढीमाई, स्वास्थ्य शाखाको आयोजना तथा नगर प्रमुख शिवशंकर महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख इन्द्रदेव यादव, स्वास्थ्य शाखा प्रमुख विशेश्वर यादव, स्वास्थ्यकर्मीहरु, वडा अध्यक्षहरु अमित ठकुरी, सुर्यमान तामाङ, अशोक श्रेष्ठ, सुर्य नारायण यादव, सरोज कुमार महतो, भगलु महतो, राम जतन कामैत, हमिद लगायत विभिन्न विद्यालयका शिक्षकहरु ,पत्रकार समेतको उपस्थितिमा आयोजना भएको कार्यक्रममा १७ ओटै पालिकाहरुमा माघ २२ देखि फागुन ६ गतेसम्म १० देखि १४ वर्षका किसोरीहरुमा उक्त खोप लगाउने कार्यक्रम अगाडि बढाइने भएको छ ।

आयोजित कार्यक्रममा ४५४६३ जना किशोरीहरुलाई खोप लगाउनका लागि करिब ३६३ विद्यालयसहित ५१८ खोप केन्द्रमार्फत् खोप लगाउने बुझिएको छ ।

एचपीभी (Human Papillomavirus) खोप एक प्रकारको खोप हो जुन मानव पेपिलोमाभाईरस (HPV) का विभिन्न प्रकारबाट सुरक्षा दिन्छ । HPV एक भाइरस हो जुन जननांग क्षेत्रको, गला, मुख र अन्य शारीरिक भागमा संक्रमित गर्न सक्छ । यो भाइरस केही प्रकारका क्यान्सरको कारण बन्न सक्छ, विशेष गरेर गर्भाशयको मुखको क्यान्सर, गला क्यान्सर, र अन्य प्रकारका क्यान्सरमा ।

एचपीभी खोप तीन प्रमुख प्रकारका भाइरस विरुद्ध सुरक्षा दिन्छ:

१. HPV 16 र 18 – जुन गर्भाशयको मुखको क्यान्सरको प्रमुख कारण हुन् ।

२. HPV 6 र 11 – जुन जननांगको मस्साहरूको कारण हुन्छ ।

यो खोप विशेष गरी ११ देखि १२ वर्षका बालबालिकामा लगाउने गरिन्छ । खोप लगाउँदा HPV संक्रमणको जोखिम निकै कम हुन्छ र क्यान्सरको सम्भावना पनि घट्छ ।

यस खोपको कुनै ठूलो साइड इफेक्ट्स देखिएका छैनन्, तर केही व्यक्तिहरूलाई सामान्यतया हल्का ज्वरो, थकान, वा खोपको ठाउँमा सूजन हुन सक्छ ।

प्रतिक्रिया