सप्तरीमा सात सय २६ किलो गजा बरामद

 

सप्तरी  जिल्लाको बोदेबर्साइन नगरपालिका ३ स्थितबाट सात सय २६ किलो गाँजा बरामद भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार सो स्थानबाट प्रहरीले प्र–१–०२–००३ च ५८३४ नम्बरको एउटा स्करपिओ गाडी समेत बरामद गरेको बताउनुभयो ।

स्कारपियोभित्र बोरामा प्याक गरिएको सो परिणामको लागु औषध गाँजा प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको बताउनुभयो । प्रहरी उपरीक्षक खतिवडाले बरामद लागु औषध गाँजा कहाँबाट कसरी ल्याइएको भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेकोे बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार पत्रकार सम्मेलनमार्फत सात सय २६ किलो लागु औषध गाँजा बरामद भएको जानकारी दिएको हो ।

 

प्रतिक्रिया