टिकुलीयामा तिवारी हत्या काण्ड: प्रहरी निरीक्षक साहको सफलता घटना लगतै पक्राउ गरे

  • पृतांक राष्ट्रिय दैनिक -संवाददाता 
  • रौतहट ,असोज १२- सोमबार  २०७७

रौतहटको टिकुलीयामा तिवारी हत्या काण्डमा इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक मेदनी प्रसाद साहको टोलीले ठुलो सफलता हात पारेको छ ।
इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक साहले देवाही गोनाही नगरपालिका ५ टिकुलीयाका महेश तिवारी र उनकी श्रीमति जगरानी देवीमाथी धारिलो हतियार खुकुरी प्रहार गर्ने बली मुखिया सहित दुई जनालाई घटना लगतै पक्राउ गरेर ठुलो उपलब्धी हासिल गरेका छन ।

गत मंगलवार राति ९ बजे घर बाहिर सडकमा बसिरहेका महेश तिवारी र उनको श्रीमति जगरानी देवीमाथी स्थानीय बली मुखिया, प्रदिप मुखिया, सोनालाल मुखिया सहितका मानिसहरुले एक्कासी अन्धाधुन्ध खुकुरी प्रहार गरेको थियो ।
शरीरको विभिन्न भागमा गरिएको खुकुरी प्रहारबाट जगरानी देवीको मृत्यु भएको थियो भने महेश तिवारी गम्भिर घाईते भएका थिए ।
घटनाको खबर पाए लग्तै सबभन्दा पहिले इलाका प्रहरी कार्यालय देवाही गोनाहीको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक मेदनी प्रसाद साहको कमाण्डको टोलीले घटनाको केहि बेरमै तिवारी दम्पतीमाथी खुकुरी प्रहार गर्ने मध्येका बली मुखिया र अच्छेलाल मुखियालाई पक्राउ गरेको थियो ।
निरीक्षक साहको टोलीले जगरानी देवीलाई हत्या गर्ने बली सहित दुवै जनालाई छिमेकीको घरमा लुकेर बसेको अवस्थामा समातेको थियो ।
घटनामा संलग्न प्रदिप, सोनालाल सहितका मानिस फरार भएपनि बली र अच्छेलाल पक्राउ परेको थियो ।
घटना लग्तै नै तुरुन्त अपराधीलाई पक्राउ गर्नु इलाका प्रहरी कार्यालय गोनाहीका प्रहरी निरीक्षक मेदनी प्रसाद साहको ठुलो सफलता रहेको भन्दै उनको चारैतिर प्रशंसा भइरहेको छ ।

अपराधीलाई पक्राउ गर्न प्रहरी निरीक्षक साहले देखाएको हिम्मत र त्यागलाई जति प्रशंसा गरेपनि कम नै हुन्छ होला ।
यस अघि पनि प्रहरी निरीक्षक साहले अपराध नियन्त्रणका घटनामा उल्लेखनिय सफलता हात पारेका छन ।
प्रहरी निरीक्षक साहले लागूऔषध, गुण्डागर्दी, फरार अपराधी, कुटपिट, हत्या जस्ता जघन्य अपराधमा संलग्नहरुलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको हो ।

नेपाल प्रहरीले सत्य सेवा सुरक्षा मुल मन्त्रलाई शिरोधर गरी सत्यको वकालत गर्दै नेपाली जनतालाई सेवा तथा सुरक्षा प्रदान गर्ने प्रण गरेको हुन्छ सोही मर्मलाई आत्मसात गर्दै अपराधीलाई पक्राउ गरी कार्यवाहीको दायरामा ल्याइरहेको प्रहरी निरीक्षक साहले बताएका छन ।
अपराध गर्ने अपराधी जो   सुकै भएपनि कुनै पनि हालतमा उम्किन नपाउने उनले बताए ।
अपराधी दुलो भित्र पसे पनि पक्राउ गरी कानुनी कठघारामा उभ्याउन तथा जनताको जिउ धनको सुरक्षाका लागि आफु २४ औ घण्टा तयार रहेको प्रहरी निरीक्षक मेदनी प्रसाद साहले बताएका हुन ।

प्रतिक्रिया