दैनिकजसो सिडिओले बितरण गर्छन् राहत

  • पृतांक राष्ट्रिय दैनिक 
    सुरेन्द दास ,लहान असोज – १३

आईतवार सिरहास्थित जिल्ला प्रशासन कार्यालयको प्रम’ख जिल्ला अधिकारीको कार्यकक्षमा अनौठो दृष्य देखियो । सँदाझैँ प्रम’ख जिल्ला अधिकारी प्रदिपराज कँडेल काममा ब्यस्त थिए । प्रम’ख जिल्ला अधिकारीको सामन्ने बसेका थिए प्रेस संगठन नेपालका केन्द्रिय सदस्य सन्तोष बराइली ।
यस्तैमा एक बृदाको प्रबेश हुन्छ । चाउरिएका गाला , सेतै फ’लेको कपाल । द’बै हात जोडेर प्रमुख जिल्ला अधिकारी कँडेललाई नमस्कार गर्छिन् । उनलाई प्रम’ख जिल्ला अधिकारीले सोफामा बस्न आग्रह गर्दै समस्या राख्न अनुरोध गर्छन् ।
ति बृदाको समस्या थियो जेलमा रहेको छोरा छ’टाउने । बृदा थिईन् शहिद रामस्वरुप पासवानकी अर्धागिंनी सनैचरी पासवान । तत्कालिन नेकपा एमालेका जिल्ला नेता रामस्वरुप २०४६ सालमा आन्दोलनका क्रममा मारिएका थिए ।
उनिहरुका एकमात्र छोरा राजन पासवान अपहरण काण्डमा सिरहा कारागारमा कैद भ’क्तान गरिरहेकाछन् । प’नरावेदन अदालत राजबिराजले राजनलाई अपहरणमा दोषी ठहर गर्दै ९ बर्ष सजाय तोकेकोमा ५ बर्ष कैद भ’क्तान गरिसकेकाछन् ।
नेताहरुले आधा कैद मिनाहा ह’न्छ सिडियो सँग आग्रह गनर्’ भनेकाले हज’रलाई समस्या राख्न आएको , सनैचरीले प्रमुख जिल्ला अधिकारी कँडेलसँग भनिन् , एउटै छोरो हो हज’र कमाएर ख’वाउने कोही छैन ।
७२ बर्षिया सनैचरीले सरकारले दिने वृदा भतले ग’जारा चलाईरहेको बताईन् ।
तर अपहरण केसमा कैद मिनाहा नह’ने कान’नी ब्यवस्था भएको प्रमुख जिल्ला अधिकारी कँडेलले स’झाउँछन् । भलिन्द्र आँश’ प’छिरहेकी सनैचरीको दर्दनाक अवस्थाले प्रम’ख जिल्ला अधिकारीलाई स्तब्ध त’ल्याउँछ ।
यस्तैमा प्रम’ख जिल्ला अधिकारी कँडेलले १० किलो चामल , दाल र केही थान साब’न अनि खाने तेल सनैचरीलाई हस्तान्तरण गर्छन् र जिविका चलाउन अति समस्या पर्यो र केही सारोगारो पर्दा सिधै आफ’लाई सम्पर्क गर्न आग्रह गर्छन् ।
राहत बोकेर छोरा नछ’ट्नेमा स्पष्ट भएपछि मलिन अन’हारमा सनैचरी कार्यकक्षबाट बाहिरिन्छन् ।
बिपन्न बर्गका धेरैलाई प्रम’ख जिल्ला अधिकारीले कार्यालयमै राहत वितरण गर्दै आएका रहेछन् । सिरहामा प्रम’ख जिल्ला अधिकारी बनेर आएको २ महिनाको समयाबधीमा करिब १ हजार बिपन्न घरपरिवारलाई प्रमुख जिल्ला अधिकारी कँडेलले राहत वितरण गरिसकेको जानकारी दिए ।

प्रतिक्रिया