बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना कामीका हत्या आरोपीलाई जिल्ला प्रहरी कार्यालय बझाङले सार्वजनिक गरेको

  • पृतांक राष्ट्रिय दैनिक -संवाददाता 
  • बझाङ ,असोज १४- बुधबार 

बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना कामीका हत्या आरोपीलाई जिल्ला प्रहरी कार्यालय बझाङले सार्वजनिक गरेको

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरिक्षक रूपक खड्काले जानकारी दिनुभयो ।

बलात्कार हत्या आरोपमा संलग्‍न रहेको भन्दै प्रहरीले मष्टा गाउँपालिका-२ का राजेन्द्र बोहरालाई मंगलबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।

७ असोजमा मष्टा गाउँपालिका-२ खिकालाकी सम्झनाको बलात्कारपछि हत्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी सम्झनाको शव स्थानीय सिममन्दिरभित्र अर्धनग्‍न अवस्थामा फेला परेको थियो ।
साथै राजेन्द्रविरुद्ध अर्की एक बालिकामाथि जबरजस्ती करणीको जाहेरी परेको छ । सोही ठाउँकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको जाहेरी परेको परे‍को जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया