भरुवा बन्दुक सहित दुई जना पक्राउ ।

  • पृतांक राष्ट्रिय दैनिक -संवाददाता 
  • कञ्चनपुर, २०७७ असोज १४ गते
    कृष्णपुर नगरपालिका-१ दोमिल्ला बस्ने २५ वर्षीय कमल थापा र लाल बहादुर बिष्टलाई भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट वाँणीबाट खटिएको प्रहरीले उक्त हतियार सहित उनीहरुलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धन गरिरहेको छ ।

प्रतिक्रिया