महिलामाथि दुर्व्यवहार गर्ने तथा सवारी साधन तोडफोडमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको
- पृतांक राष्ट्रिय दैनिक – संवाददाता
- काठमाडौं ,असोज १६ शुक्रबार
काठमाण्डौ चन्द्रागिरि न.पा वडा नं १४ नयाँ नैकाप स्थित एक होटलमा सामान्य विवाद हुँदा त्यस होटलमा रहेकी एक महिलालाई अपशब्द प्रयोग गर्ने तथा हातपात गर्ने कार्यमा संलग्न तथा उक्त घटना पश्चात चन्द्रागिरि नगरपालिका वडा नं १४, बाईछा मा पार्किङ गरी राखेको प्रदेश नं. ३-०१-०२२ च ०८४३ नम्बरको सवारी साधन, बा २ ज १९६५ नम्बरको ट्याक्सि, बा ८ च ५२६८ नम्बरको सवारी साधनको सिसा फुटाई फरार रहेका जिल्ला सुनसरी बताउने हाल का.जि चन्द्रागिरि न.पा १४ नैकाप बस्ने बर्ष २६ को जस राज लिम्बु, जिल्ला धादिङ निलकण्ठ न.पा घर भई का.जि चन्द्रागिरि न.पा १४ नैकाप बस्ने बर्ष २१ को प्रबिन झेडी लगायतका ४ जना व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय प्रहरी प्रभाग नैकाप, बलम्बु तथा नागढुंगाबाट खटिएको प्रहरी टोलिहरूले चन्द्रागिरि नगरपालिकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ बमोजिम आवश्यक अनुसन्धान भैरहेको छ ।


प्रतिक्रिया